पोखरा । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन सुरु गरिएको छ ।
महानगरपालिकाले आगामी पुस १५ गतेसम्म ग्राउन्ड क्लियर गर्ने सम्झौतासहित निजी कम्पनीलाई ३ करोड ९३ लाख रुपैयाँमा भवन भत्काउने जिम्मा दिएको हो । सम्झौताअनुसार कम्पनीले तोकिएको समयभित्र भवन पूर्ण रूपमा हटाएर स्थल खाली गर्नुपर्नेछ ।
हाल पोखरा महानगरपालिकाले मासिक साढे ७ लाख रुपैयाँ भाडा तिरेर अन्य भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।
महानगरपालिकाले पोखरा–१७, ड्यामसाइडमा करिब ६८ करोड रुपैयाँको लागतमा नयाँ प्रशासनिक भवन निर्माण गर्ने योजना बनाएको छ ।
तस्बिर : अर्जुन गाहा







कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना