काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनुभएका थापाले १५औँ महाधिवेशनमा पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित हुनुभएको थियो ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई आधार बनाउँदै कांग्रेसले विशेष महाधिवेशन आह्वान गरेको थियो ।
१५औँ महाधिवेशनमा सभापति पदमा थापासँग प्रतिस्पर्धा गर्न किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, श्यामकृष्ण खड्गीले समेत सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सभापति पदमा अन्य नेताहरूले समेत उम्मेदवारी दर्ता गराउने सम्भावना रहेको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं