काठमाडौं । मल्टिष्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । पहिलो पोष्टरमार्फत पाँच पाण्डवका पात्र सार्वजनिक गरेको निर्माणपक्षले दोस्रो पोष्टरमा अभिनेत्री इभा गिरीलाई द्रौपदीको भूमिकामा प्रस्तुत गरेको हो ।
पोष्टरमा इभा रातो सारी तथा सोल्जर कट ब्लाउजमा देखिनुभएको छ । पृष्ठभूमिमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला क्रमशः युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवको भूमिकामा देखिनुभएको छ ।
निर्देशक वसन्त निरौलाले इभाको द्रौपदी लुक्स दर्शकले रुचाउने विश्वास व्यक्त गर्नुभएको छ । महाभारतका पात्र र बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने चलचित्र ‘सोसल ड्रामा’ विधामा निर्माण भएको लेखक सुशील पौडेलले बताउनुभयो ।
तिहारको छेको पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने चलचित्रको पोष्ट प्रोडक्सन अन्तिम चरणमा छ । चलचित्रमा डल्बी एटमस साउण्ड प्रयोग गरिएको छ । काली रानी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका