काठमाडौं । नेपाली चलचित्रको बक्सअफिसमा पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रमध्ये ‘बा: एक योद्धा’ले राम्रो व्यापार गर्दै ‘आचार्य’लाई पछि पारेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकअनुसार प्रदर्शनको १० दिनमा ‘बा: एक योद्धा’ले एक करोड ९३ लाख रुपैयाँभन्दा बढी ग्रसकलेक्सन गरेको छ भने सोही अवधिमा ‘आचार्य’को व्यापार एक करोड ५६ लाख रुपैयाँभन्दा बढी व्यापार गरको छ । बोर्डको तथ्यांक अनुसार ‘बा: एक योद्धा’ले १० दिनमा एक करोड ९३ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रलाई यस अवधिमा ६५ हजार ५६० दर्शकले हेरेका छन् । दर्शकको संख्या र व्यापार दुवैका आधारमा ‘बा: एक योद्धा’ले आफूलाई बलियो अवस्थामा उभ्याएको देखिन्छ ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा: एक योद्धा’ पारिवारिक कथावस्तुमा आधारित चलचित्र हो । सन्तानको भविष्य र सुखका लागि बाबुआमाले गर्ने संघर्ष, त्याग र समर्पणलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ । चलचित्रमा दिव्यदेव पन्त, सुहाना थापा, झरना थापा, अनिल बुढाथोकीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
यसैगरी, निखिल उप्रेती निर्देशित चलचित्र ‘आचार्य’ले प्रदर्शनको १० दिनमा एक करोड ५६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । उक्त अवधिमा चलचित्र ५४ हजार १०६ दर्शकले हेरेका छन् । व्यापार र दर्शक संख्या दुवैमा ‘बा: एक योद्धा’भन्दा ‘आचार्य’ पछाडि परेको हो ।
‘आचार्य’मा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, प्रमोद अग्रहरि तथा भारतीय कलाकारहरूको अभिनय रहेको छ । चलचित्रले प्रदर्शनअघि नै कलाकार र विषयवस्तुका कारण चर्चा पाएको थियो ।
पछिल्लो बक्सअफिस तथ्यांकले नेपाली चलचित्र बजारमा सबै चलचित्रको व्यापार समान नरहेको देखाएको छ । केही चलचित्रले करोडौंको व्यापार गरिरहेका छन् भने केही चलचित्र भने सामान्य कलेक्सनमै सीमित छन् । विशेषगरी ‘पेन्सन पट्टा’ र ‘गौँथली’को व्यापारले नेपाली चलचित्रमा दर्शकको बलियो उपस्थिति देखाएको छ भने नयाँ चलचित्र ‘बा ः एक योद्धा’ले पनि अपेक्षाकृत राम्रो सुरुआत गरेको छ ।
‘जदौ’को व्यापार १४ लाख नजिक
बक्सअफिसमा ‘जदौ’को व्यापार भने तुलनात्मक रूपमा कमजोर देखिएको छ । अञ्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशन रहेको चलचित्रले दश दिनमा १३ लाख ९८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रलाई यो मितिसम्म तीन हजार ८६७ दर्शकले हेरेका छन् ।
‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मालगायत कलाकारको अभिनय रहेको छ । नयाँ तथा स्थापित कलाकारको मिश्रण रहेको यो चलचित्रले अपेक्षित रूपमा दर्शक तान्न नसकेको बक्सअफिस तथ्यांकले देखाउँछ ।
‘पेन्सन पट्टा’को व्यापार बलियो
यसैबीच, दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘पेन्सन पट्टा’ले भने बक्सअफिसमा उल्लेख्य सफलता हासिल गरेको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म नौ करोड १३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
माहोत्से गुरुङको निर्देशन रहेको ‘पेन्सन पट्टा’मा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन् । चलचित्रले दर्शकको साथ पाउँदै निरन्तर राम्रो व्यापार गरिरहेको छ । दयाहाङ राईको लोकप्रियता तथा चलचित्रको कथावस्तुले यसको व्यापारमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
‘एलिफेन्टस् इन द फग’को कलेक्सन एक करोड २७ लाख
अविनाश विक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्टस् इन द फग’ले एक करोड २७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रमा पुष्पा थिङ मुख्य भूमिकामा हुनुहुन्छ । अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा पाएको यो चलचित्र नेपालबाट ओस्कार अवार्डका लागि सिफारिश भइसकेको छ । कलात्मक तथा फरक विषयवस्तुमा आधारित चलचित्रका रूपमा चर्चामा रहेको ‘एलिफेन्टस् इन द फग’ले बक्सअफिसमा पनि एक करोडभन्दा बढीको व्यापार गरेको हो ।
‘झिंगे दाउ’को कलेक्सन एक करोड ४५ लाख
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्र ‘झिंगे दाउ’ले एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, आँचल शर्मा र कुशल विष्ट मुख्य भूमिकामा छन् । पारिवारिक तथा सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्ने चलचित्रले प्रदर्शनपछि मध्यम व्यापार गरेको देखिन्छ ।
‘बेहुली’ले कमायो झण्डै तीन करोड
सशान कँडेल निर्देशित चलचित्र ‘बेहुली’ले दुई करोड ९९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पारश बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा रहेको चलचित्रले तीन करोड नजिकको व्यापार गरेको हो । चलचित्रले नेपाली दर्शकमा विशेषगरी पारिवारिक तथा मनोरञ्जनात्मक कथाप्रतिको आकर्षण कायम रहेको देखाएको छ ।
‘पार्वती’को व्यापार दुई करोड २९ लाख
नीता ढुंगानाको निर्देशन रहेको चलचित्र ‘पार्वती’ले दुई करोड २९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रमा नीता ढुंगाना स्वयं र अशोक दर्जी मुख्य भूमिकामा हुनुहुन्छ ।
चलचित्रले दुई करोडभन्दा बढीको व्यापार गर्दै बक्सअफिसमा आफ्नो उपस्थिति बलियो बनाएको छ । कलाकारको लोकप्रियता र चलचित्रको विषयवस्तुले यसको व्यापारमा योगदान पुर्याएको देखिन्छ ।
‘गौँथली’ दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र
यसबीच, साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले भने बक्सअफिसमा ऐतिहासिक व्यापार गरेको छ । कपिल रिजाल निर्देशित यो चलचित्रले २६ करोड एक लाख रुपैयाँ ग्रसकलेक्सन गर्दै नेपाली चलचित्र उद्योगकै दोस्रो सर्वाधिक कमाउने चलचित्रको स्थान बनाएको छ ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा हुनुहुन्छ । प्रदर्शनको लामो समयपछि पनि दर्शकको साथ कायम राख्दै ‘गौँथली’ले २६ करोड रुपैयाँको आँकडा पार गरेको हो ।
पछिल्लो बक्सअफिस तथ्यांकले नेपाली चलचित्र बजारमा सबै चलचित्रको व्यापार समान नरहेको देखाएको छ । केही चलचित्रले करोडौंको व्यापार गरिरहेका छन् भने केही चलचित्र भने सामान्य कलेक्सनमै सीमित छन् । विशेषगरी ‘पेन्सन पट्टा’ र ‘गौँथली’को व्यापारले नेपाली चलचित्रमा दर्शकको बलियो उपस्थिति देखाएको छ भने नयाँ चलचित्र ‘बा: एक योद्धा’ले पनि अपेक्षाकृत राम्रो सुरुवात गरेको छ ।
एकातर्फ ठूला कलाकार र चर्चित नाम जोडिएका चलचित्रले दर्शक तान्ने प्रयास गरिरहेका छन् भने अर्कोतर्फ विषयवस्तु, प्रस्तुति र प्रचारप्रसारले पनि बक्सअफिसमा चलचित्रको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ । पछिल्लो तथ्यांकले नेपाली चलचित्रको व्यापारमा दर्शकको रोजाइ र चलचित्रको विषयवस्तुबीचको सम्बन्धलाई समेत स्पष्ट पार्दै गएको छ ।







चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका