काठमाडौं । नेपाली साहित्यमा कथासंग्रह, नियात्रासंग्रह, यात्रा संस्मरण, बाल कथासंग्रह आदिका दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुभई नेपाली भाषा साहित्यमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएकी साहित्यकार इल्या भट्टराईलाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गरिने लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभएको छ । नेपाली मौलिक सामाजिक उपन्यास विधामा सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्नुभएका यशस्वी उपन्यासकार तथा कवि थापाको नाममा २०७३ मा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले सम्मान प्रदान गर्न लागेको हो ।
उक्त प्रतिष्ठानले हालसम्म मासिक/त्रैमासिक कार्यक्रमअन्तर्गत ८३ जना र वार्षिक कार्यक्रमअन्तर्गत दशजना अग्रज साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिसकेको जानकारी दिनुभएको छ । आफ्नै पारिवारिक स्रोतबाट सञ्चालन भएको सो संस्थाले प्रदान गर्ने पुरस्कारको राशि वार्षिक २५ हजार र त्रैमासिक राशि दश हजार रहेको जानकरी गरादिनुभयो ।
दर्जनौं पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएकी इल्याले धेरै पुस्तक तथा पत्रिकाको सम्पादन गर्नुका साथै धेरै संस्थामा संलग्न हुनुहुन्छ । उहाँ हालसम्म नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ । यही असोज २४ मा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान/पुरस्कारको कार्यक्रममा उहाँलाई सम्मान/पुरस्कार प्रदान गरिने अध्यक्ष विजयध्वज थापाले जानकरी दिनुभएको हो ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र