काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को साबिक विजेता लुम्बिनी लायन्सले भारतीय पूर्वक्रिकेटर टिनु योहानानलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । लुम्बिनीले सामाजिक सञ्जालमार्फत् एनपिएलको तेस्रो संस्करणका लागि पनि योहानानलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो ।
योहानानको प्रशिक्षणमा लुम्बिनीले एनपिएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो । टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका योहानानलाई नै आगामी संस्करणमा पनि प्रशिक्षणको जिम्मेवारी दिइएको हो ।
भारतीय राष्ट्रिय टोलीका पूर्वक्रिकेटर योहानानले भारतका लागि तीन टेष्ट तथा तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले घरेलु क्रिकेटमा समेत लामो समय सक्रिय रहेर खेलाडी तथा प्रशिक्षकका रूपमा अनुभव बटुल्नुभएको छ । साबिक विजेता लुम्बिनीले तेस्रो संस्करणमा पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी अघि बढाउने क्रममा प्रशिक्षकमा योहानानलाई निरन्तरता दिएको हो ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ