काठमाडौं । सिटिजन्स क्यापिटलको सोमबार काठमाडौंमा सम्पन्न २०औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पनि पारित गरेको छ ।
सिटिजन्स क्यापिटल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रार तथा डिम्याट खातालगायत पुँजी बजारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं