काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक बिक्रेता तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबईमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर-सेल्स सम्मेलनमा दुर्ई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । उक्त सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकको सहभागिता थियो ।
सम्मेलनमा ‘यिबोण्ड ब्रोडर्स’ले जगदम्बा मोटर्सलाई ‘ओभरल सर्भिस बेस्ट पर्फर्मेन्स, बेस्ट मेनुफ्याक्चरिङ युनिट-एसिया गरी दुर्ई अवार्ड प्रदान गरेको हो । उक्त अवार्डसँगै विभिन्न देशका वितरकको सहभागिता रहेको विश्वव्यापी मञ्चमा नेपालको नामसमेत सम्मानित भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार अवार्डले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता तथा ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवर्क टिभिएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको छ ।
अवार्ड प्राप्तिपछि जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले भन्नुभयो, ‘यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मिहिनेत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो । अवार्ड प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो । टिभिएस सवारीसाधन प्रयोग गर्ने जो–कोही ग्राहकले आफू उत्कृष्ट सेवाको हातमा रहेकोमा पूर्ण रूपमा विश्वस्त हुन सक्नुहुन्छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं