काठमाडौं । एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा बाई वान गेट वान अफर र विशेष छुटको लाभ लिन सक्ने भएका छन् । दुवै कम्पनीबीच उक्त सहकार्यका लागि सम्झौता भएको हो । कम्पनीका अनुसार सम्झौताअन्तर्गत चार सय ९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडीस्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा बाई वान गेट वान अफर पाउनेछन् । जसले दुईजनालाई एकको मूल्यमा सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराउँछ ।
एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् । उल्लेखित लाभहरू नेपाली नागरिकहरूका लागिमात्र उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । ९९ रुपैयाँमा चार सय ९९ भन्दा कम मूल्यका प्याक वा प्लान उपयोग गर्ने ग्राहकले पनि विशेष लाभ पाउन सक्नेछन् ।
युवा तथा अन्य ग्राहकले स्पा सेवामा एकमुस्ट २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकहरूले १० प्रतिशत छुट पाउनेछन् । उक्त सम्झौतापत्र एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गर्नुभएको थियो । अफरको लाभ लिन ग्राहकले एनसेल एप खोली पार्टनर्ड सर्भिसहरूमा गई ट्रान्क्विलिटी स्पा चयन गरी आधिकारिक आउटलेटमा रिडिम गर्न सक्ने बताइएको छ ।







एनपिएलको तयारी अन्तिम चरणमा, दर्शकको
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार