काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा महिलातर्फ पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा गृहमा पुगेर मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले पार्टीलाई कमजोर हुन नदिन आफूले पुनः उपसभापतिमा उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । पार्टी एकता शीर्ष नेताहरूको मात्रै नभई गाउँगाउँमा दुःख गरेर पार्टी निर्माणमा योगदान गर्ने कार्यकर्ताको चाहना भएको उहाँको भनाइ छ ।
भुसालले भन्नुभयो, “अहिले पार्टी एकता नेतालाई चाहिएको होइन, जसले गाउँगाउँमा दुःख गरेर पार्टीका लागि काम गरिरहनुभएको छ, उहाँहरूलाई चाहिएको छ । उहाँहरूलाई सांसद चाहिएको छैन, मन्त्री चाहिएको छैन । तर नेपालको लोकतान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएर आएको पार्टीलाई कमजोर बनाउनुहुँदैन भन्ने आम कार्यकर्ताको चाहना छ ।”
उहाँले पार्टीलाई एकताबद्ध बनाउन असन्तुष्ट नेताहरूसँग समेत संवाद भइरहेको जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न भएपछि पनि पार्टीभित्रका असन्तुष्ट पक्षसँग संवाद जारी रहने उहाँले बताउनुभयो ।







जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण