काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा उदयशमशेर राणाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा गृहमा पुगेर राणाले महामन्त्रीको खुलातर्फको पदमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँले पार्टीलाई सुदृढ बनाउन र नेतृत्वलाई परिणाममुखी बनाउन आफूले महामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभयो ।
राणाले अबको नेतृत्वले बोल्ने र भाषण गर्ने मात्र नभई काम गरेर नतिजा देखाउनुपर्नेमा जोड दिनुभयो । पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दा आफूले जिम्मेवारीअनुसार काम गरेको उल्लेख गर्दै महामन्त्रीको जिम्मेवारी पाए पनि प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब नेतृत्वको जिम्मेवारी बोलेर र भाषण गरेर मात्र पूरा हुँदैन । त्यसकारण मैले पार्टीको जुन–जुन तहमा जिम्मेवारी पाएको छु, सबै तहको जिम्मेवारी पूरा गरेको छु । म तरुण दलमा हुँदा र अहिले सहमहामन्त्री हुँदा पनि मैले डेलिभरी दिएको छु । अझै पनि महामन्त्रीको भूमिका पाएँ भने डेलिभरी दिने भूमिका निर्वाह गर्छु भन्ने मेरो धारणा छ ।”
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको संख्या दुईबाट बढाएर तीन पुर्याइएको छ । नयाँ व्यवस्थाअनुसार दुई जना खुलातर्फबाट र एक जना महिलातर्फबाट महामन्त्री पदमा निर्वाचित हुनेछन् ।




सांसद खगेन्द्र सुनार अडियो प्रकरण
देउवा समूहको निर्णय : कांग्रेसका
कांग्रेस महाधिवेशन : यी हुन्
एमाले अध्यक्ष ओलीद्वारा नीति अध्ययन
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम
काँग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा