काठमाडौं । चर्चित कन्टेन्ट क्रिएटर इभा गिरी अब ठूलो पर्दामा देखिने हुनुभएकाे छ । उहाँ आगामी नेपाली चलचित्र ‘पाँच पाण्डव’ मा द्रौपदीको भूमिकामा प्रस्तुत हुने हुनुभएकाे छ ।
निर्माण टिमले चलचित्रको दोस्रो पोस्टर सार्वजनिक गर्दै इभाको द्रौपदी लुक सार्वजनिक गरेको हो । पोस्टरमा उहाँ रातो सारी र रातो ब्लाउजमा देखिनु भएकाे छ । उहाँको लुक्सले महाभारतकी द्रौपदीको झल्को दिने प्रयास गरिएको छ ।
यसअघि सार्वजनिक चलचित्रको पहिलो पोस्टरमा युधिष्ठिरको भूमिकामा हरिवंश आचार्य, भीममा जितु नेपाल, अर्जुनमा आर्यन सिग्देल, नकुलमा महेश त्रिपाठी र सहदेवमा सुशील थापा देखिनु भएकाे थियाे ।
निर्देशक वसन्त निरौलाले इभाको लोकप्रियतालाई ध्यानमा राख्दै उनलाई द्रौपदीको भूमिकामा प्रस्तुत गरिएको बताउनुभयाे । उहाँका अनुसार युवा पुस्तामाझ लोकप्रिय इभाको पात्रलाई पनि दर्शकले रुचाउने अपेक्षा छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली फिल्म क्षेत्रका पुराना पुस्ताका कलाकारसँगै नयाँ पुस्ताका कलाकारको पनि अभिनय छ ।
‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा डल्बी एटमस साउन्ड प्रयोग गरिएको निर्देशक निरौलाले बताउनुभएकाे छ ।
चलचित्रलाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।







कात्तिक १ गतेदेखि चार दिन
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८
दशैं नजिकिएसँगै काठमाडौं छाड्नेको भिड
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८
नेपाल-भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक
सात दशक पुरानो कानून विस्थापन