काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै चारवटै प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ ।
असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा पार्टीका शीर्ष नेताहरूले प्रस्तुत गरेका राजनीतिक, समसामयिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले धारणा राख्दै आएका छन् ।
बन्दसत्रमा सभापति गगन थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियो ।
त्यस्तै, महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
ती प्रतिवेदनमाथि सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन् । सातवटै प्रदेशका प्रतिनिधिसँगै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू पनि छलफलमा सहभागी छन् ।
आजको बन्दसत्रको सुरुवातमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ । बिहान साढे १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र केही ढिला गरी सुरु हुने बताइएको छ ।







१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ