भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भोजपुरबाट महाधिवेशन प्रतिनिधि बनेका सात जनाले विभिन्न कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
भोजपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका सात जनाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दै मनोनयन दर्ता गराएका हुन् ।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरूमा अल्पसंख्यक समुदायबाट जनक घले, द्वन्द्व प्रभावितबाट वीरबल राई, दलितबाट रोहित बिश्वकर्मा, जनजाति महिलाबाट माया राई, युवा तर्फ अनोज कार्की, प्रजातन्त्र सेनानी तर्फ कृष्णबहादुर खड्का र श्रमिक तर्फबाट महेश बस्नेत रहेको महाधिवशेन प्रतिनिधि अर्नुन बस्नेतले जानकारी दिनुभयो ।
विभिन्न समुदाय, वर्ग तथा समूहको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका उनीहरूले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमार्फत केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी दिएका हुन् । पहाडी जिल्लाको प्रतिनिधित्व गर्दै आफुहरुले उम्मेदवारी दिएको उनीहरुको भनाई छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका