काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएकाे छ ।
राष्ट्रपतिको कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आ-आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो ।
नेपालको संविधानको धारा २९४ बमोजिम संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार दुवै आयोगका अध्यक्षले आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन गरिएका काम, गतिविधि तथा प्रगति समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन् ।
प्रतिवेदन पेस गर्ने कार्यक्रममा राष्ट्रपतिको कार्यालयका अधिकारी तथा सम्बन्धित आयोगका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।








अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी