काठमाडौं । कोरिया पठाइदिने भन्दै लामो समयदेखि एक युवकलाई अलपत्र पारेको आरोपमा प्रहरीले कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार सामाजिक सञ्जाल टिकटकमार्फत एक महिलाले आफ्ना छोरालाई कोरिया पठाइदिने भन्दै न्यू सफल ग्लोबल कन्सल्टेन्सीले दुई वर्षदेखि अलपत्र पारेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गरेकी थिइन् ।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा कन्सल्टेन्सीका सञ्चालक २८ वर्षीय गणेश पाण्डेलाई असोज २० गते काठमाडौं महानगरपालिका-२६ स्थित रानीबारी चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-११ स्थायी ठेगाना भएका पाण्डे हाल काठमाडौं महानगरपालिका-२६, सामाखुसीमा बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाण्डेविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्ति तथा ठगीको वास्तविक अवस्था सम्बन्धमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उजुरी तथा भिडियोका आधारमा घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।






भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक
विजयादशमी : आफ्नै अहंकारमाथि विजयको