काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अचानक आएको भीषण वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ।
महाधिवेशन प्रतिनिधिहरू विभिन्न सांगठनिक तथा नीतिगत प्रस्ताव र प्रतिवेदनमाथिको छलफल टुंग्याएर अनुमोदन गर्ने तयारीमा रहेका बेला प्रतिकूल मौसमका कारण बन्दसत्र अवरुद्ध भएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार महाधिवेशनको आजको मुख्य कार्यसूची विभिन्न सांगठनिक तथा नीतिगत प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने रहेको थियो। प्रतिनिधिहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राख्दै त्यसलाई पारित गर्ने प्रक्रियालाई अघि बढाइरहेका थिए।
तर, एक्कासि मौसममा आएको परिवर्तनसँगै तीव्र हावाहुरी र वर्षा भएपछि बन्दसत्र स्थलको भौतिक व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिमा असहजता सिर्जना भएको छ।
मौसम प्रतिकूल भएपछि सुरक्षा र व्यवस्थापकीय अवस्थालाई ध्यानमा राख्दै बन्दसत्र केही समयका लागि स्थगित गरिएको कांग्रेसले जनाएको छ।
मौसममा सुधार आएपछि बन्दसत्र पुनः सञ्चालन गरी बाँकी प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल र अनुमोदन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।







जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण