भोजपुर । भोजपुर प्रहरीले २४४ किलो ७७० ग्राम गाँजाजन्य पदार्थसहित १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको छ ।
हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट आमचोक गाउँपालिका–७ का मगरलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राकेश राईले जानकारी दिनुभयो ।
बुधबार जिल्ला प्रहरी कार्यालय भोजपुरमा आयोजित पत्रकार भेटघाटमा प्रहरी निरीक्षक राईले मगरको साथबाट ६ बोरा गाँजा, को.प्र. ०१–०२–०४६ प ८६५१ नम्बरको मोटरसाइकल र एउटा मोबाइल बरामद गरिएको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षक उदयकुमार राईको नेतृत्वमा खटिएको ६ जना र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी सहायक हवल्दार प्रवीण राईको नेतृत्वमा खटिएको दुई जनाको टोलीले मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद गाँजासम्बन्धी मुद्दामा भोजपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सूचना अधिकारी राईले बताउनुभयो ।
यसैबीच, प्रहरीले पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङबाट चेकजाँचका क्रममा ट्रामाडोल ट्याब्लेटसहित दुई जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भोजपुर प्रहरीले जिल्लामा गाँजा तथा अन्य लागुऔषध नियन्त्रण अभियानलाई थप तीव्र बनाइएको जनाएको छ ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको