काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर र सुपरभाइजर सहायकलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिकाका इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो तह) कौशल कुमार मधुकर रहेका छन् ।
निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार उनीहरूले सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिइसकेको अवस्थामा मलंगवा नगरपालिकाबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट स्रोत नखुलेको थप ३३ हजार ७०५ रुपैयाँसमेत बरामद गरिएको आयोगले जनाएको छ ।
उनीहरूलाई २०८३ असोज २० गते नियन्त्रणमा लिइएको र घुस–रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि असोज २१ गते विशेष अदालतको आदेशबाट म्याद थप गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।







वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा
जनकपुरधाममा विजयादशमीको रौनक, शक्तिपीठहरूमा भव्य