काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बहुमतको नाममा ‘अल्गोरिदम’ बाट सत्तामा आएकाहरूले नेपाललाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाउनुभएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रको समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले वर्तमान राजनीतिक नेतृत्वप्रति टिप्पणी गर्दै नेपाललाई युक्रेन बनाउने दिशामा लैजान खोजिएको दाबी गर्नुभयो ।
“आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन्,” उहाँले भन्नुभयो ।
उहाँले कांग्रेसको महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वप्रति भरोसा गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
“अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ । देश यहीँबाट बन्ने छ,” आङ्देम्बेले भन्नुभयो ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका