एजेन्सी । भारतीय मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा उहाँको राजनीतिक यात्राको प्रशंसा गर्दै प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको प्रस्तावमा मोदीको गुजरातको मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्रालाई ‘राष्ट्र प्रथम र नागरिक प्रथम’ भन्ने अवधारणाबाट निर्देशित नेतृत्वका रूपमा चित्रण गरिएको छ । गुजरातको मुख्यमन्त्री र लोकसभा निर्वाचनमा लगातार प्राप्त जनसमर्थनलाई मोदीप्रति जनताको निरन्तर विश्वासका रूपमा प्रस्तावमा उल्लेख गरिएको छ ।
प्रस्तावमा गरिबी न्यूनीकरण, सामाजिक सुरक्षा, महिला तथा युवा सशक्तीकरण, कृषि, पूर्वाधार विकास र संरचनागत सुधारलाई मोदी नेतृत्वका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ । जनधन योजना, ‘लखपति दिदी’, पीएम-किसान, जीएसटी, डिजिटल भुक्तानी तथा यूपीआईलगायत कार्यक्रमलाई पनि उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
त्यस्तै, आत्मनिर्भर भारत अभियानअन्तर्गत पूर्वाधार, रक्षा उत्पादन, विद्युतीय सामग्री र सेमिकन्डक्टर उद्योगको विकासमा भएको प्रगतिलाई मन्त्रिपरिषद्ले जोड दिएको छ । चन्द्रयान–३ को सफल अवतरण, आफ्नै कोभिड खोप विकास तथा अन्तरिक्ष, कृत्रिम बौद्धिकता, क्वान्टम प्रविधि र जैवप्रविधिमा भइरहेको प्रगतिलाई पनि मोदी नेतृत्वको वैज्ञानिक दृष्टिकोणसँग जोडिएको छ ।
राष्ट्रिय सुरक्षातर्फ सर्जिकल स्ट्राइक, बालाकोट हवाई कारबाही, ‘अपरेसन सिन्दूर’, धारा ३७० हटाउने निर्णय र ‘वान र्यांक वान पेन्सन’लाई पनि प्रस्तावमा समेटिएको छ । अन्तर्राष्ट्रियस्तरमा जी–२० र ब्रिक्समा भारतको भूमिका, ग्लोबल साउथको पक्षमा वकालत तथा अफ्रिकी संघलाई जी-२० मा समावेश गराउने पहललाई मोदीको कूटनीतिक नेतृत्वका उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ । मन्त्रिपरिषद्ले सन् २०४७ सम्म समृद्ध, आत्मनिर्भर र विकसित भारत निर्माण गर्ने मोदीको लक्ष्यप्रति प्रतिबद्धता दोहोर्याउँदै प्रस्ताव पारित गरेको हो ।






संविधानप्रदत्त अधिकार नपाउँदा कार्यसम्पादन प्रभावितः
एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,