काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरीको ३९औं वार्षिकोत्सवका अवसरमा ‘दैविक सौन्दर्य’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित ग्यालरीमा मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा ३५ जना कलाकारका नेपाली परम्परागत चित्र तथा मूर्तिकला राखिएका छन् । द्वारिका होटल एण्ड रिसोर्टका क्यानिजिङ डाइरेक्टर संगीता श्रेष्ठ र बबरमहल रिभिजिटेडका संस्थापक गौतम शम्शेर जबराले संयुक्त रूपमा उद्घाटन गरेको प्रदर्शनीका क्युरेटर प्रदीप शाक्य हुनुहुन्छ ।
प्रदर्शनीमा काठमाडौं उपत्यकामा पुस्तौंदेखि प्रचलित कला परम्परासँग सम्बन्धित चित्र तथा धातु, काठ र ढुंगाबाट निर्मित हिन्दु तथा बौद्ध देवीदेवताका कलाकृति राखिएको क्युरेटर शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीले नेपाली कला परम्पराको लामो इतिहास, शैली, सीप र वैचारिकीसँगै हिन्दू-बौद्ध धार्मिक सहअस्तित्वलाई समेत उजागर गरेको छ ।
‘यी कला केवल कलामात्र नभई नेपालको सभ्यताका प्रतीकसमेत हुन्,’ शाक्यले भन्नुभयो, ‘नेपाली कला परम्परालाई कलाकारले पुस्तान्तरण गर्दै निरन्तरता दिइरहेका छन् । यसको संरक्षण र प्रवर्द्धन गर्नु सबैको दायित्व हो ।’
ग्यालरीका संस्थापक संगीता थापाले प्रदर्शनीले नेपाली परम्परागत कलाको सांस्कृतिक, सामाजिक, धार्मिक तथा ऐतिहासिक वैभवलाई एकै थलोमा प्रस्तुत गरेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव देवेन्द्र थुम्केलीले प्रदर्शनीले नेपाली धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा कलाको महत्त्व उजागर गरेको बताउनुभयो ।
सन् १९८७ सेप्टेम्बर २७ मा काठमाडौंको कान्तिपथस्थित प्रताप भवनबाट सुरु भएको सिद्धार्थ आर्ट ग्यालरी सन् १९९८ देखि बबरमहल रिभिजिटेडमा सञ्चालन हुँदै आएको छ । संस्थापक थापाका अनुसार ग्यालरीले हालसम्म देश तथा विदेशमा ६ सयभन्दा बढी कला प्रदर्शनी तथा गतिविधि आयोजना गरिसकेको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं