काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल-२०२६’ को अडिशन काठमाडौंमासम्पन्न भएको छ । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी)को आयोजनामा भएको अडिशनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूको सहभागिता थियो ।
प्रतियोगिताका लागि आयोजकले एक महिनाअघि आवेदन खुला गरेको थियो । अडिशनबाट २५ जना प्रतिस्पर्धी छनोट गरिने आयोजकले जनाएको छ । छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिनुहुनेछ ।
अडिशनको निर्णायकमा मिस नेपाल-२००० उषा खड्गी, कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई र सिआईएफटीकी प्रमुख सुचिता सची रहनुभएको थियो ।
प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने आयोजकले जनाएको छ । सिआईएफटीकी प्रमुख सचीका अनुसार प्रतियोगितामा फेसन र सौन्दर्यसँगै प्रतियोगीको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई समेत प्राथमिकता दिइएको छ ।
आयोजकका अनुसार एउटै मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’का लागि योग्य प्रतियोगी छनोट गरिनेछ । ‘मिस ग्ल्याम वर्ल्ड नेपाल-२०२६’ की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड-२०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछिन् । आयोजकका अनुसार ‘मिस ग्ल्याम वर्ल्ड-२०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना गर्ने तयारी भइरहेको छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ