काठमाडौं । चलचित्र ‘जुबा’को छायांकन सकिएको छ । सौगात मल्लको मुख्य भूमिका रहेको यो चलचित्रको छायांकन ९० दिनमा पूरा भएको हो । चलचित्रको छायांकन सर्लाही, काभ्रेको दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा गरिएको छ ।
कलाकार तथा प्राविधिकको सहकार्यमा छायांकन सम्पन्न भएको जनाउँदै निर्माण टिमले अब पोष्ट-प्रोडक्सनमा पर्याप्त समय र ध्यान दिने जनाएको छ ।
अस्त्र फिल्मस्को ब्यानरमा निर्मित चलचित्रकी निर्मात्री सजना थापा र सहनिर्माता शेखर पाण्डे हुनुहुन्छ । प्रकाश कर्णको कथा तथा निर्देशन रहेको चलचित्रको लेखन वर्षा पौडेलले गर्नुभएको हो ।
चलचित्रमा सौगातसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा हुनुहुनछ । सोफीले ‘जुबा’बाट अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ भने सुधनको यो तेस्रो चलचित्र हो । उहाँको मुख्य भूमिकामा भने यो पहिलो चलचित्र हो ।







भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक
विजयादशमी : आफ्नै अहंकारमाथि विजयको