काठमाडौं । चलचित्र ‘छ माया छपक्कै २’ को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक गरिएको छ । बडादशैँको फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको गीतले दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईबीचको प्रेम सम्बन्धलाई लिएर कौतुहलता बढाएको छ ।
सार्वजनिक गीतमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारीलाई भर्खरै विवाह गरेको जोडीका रूपमा प्रेममा रमाइरहेको देखाइएको छ । गीतको सुरुवाती दृश्यमा दीपक र केकीको जोडी निकै रोमान्टिक देखिन्छ । तर, बीचमा सनिशा भट्टराईको प्रवेशसँगै उनीहरूको प्रेमकथा नयाँ मोडमा पुगेको संकेत गरिएको छ ।
गीतले दीपकको नजर सनिशातर्फ परेको हो वा केकीकी साथीका रूपमा देखिएकी सनिशाको नजर केकीका श्रीमान् दीपकमाथि परेको हो भन्ने स्पष्ट पारेको छैन । बरू, गीतका दृश्यले दर्शकलाई नै सम्भावित प्रेम सम्बन्धबारे अनुमान गर्न छाडेको छ ।
सनिशाको प्रवेशसँगै दीपक र केकीको सम्बन्धमा तेस्रो व्यक्तिको आगमन भएको हो कि भन्ने जिज्ञासा उत्पन्न हुन्छ । अझ गीतमा सनिशा र केकीलाई साथीका रूपमा प्रस्तुत गरिएकाले उहाँहरूबीचको सम्बन्ध र दीपकसँग जोडिएको प्रेम कोणले चलचित्रको कथामा थप ट्विस्ट ल्याउने संकेत गरेको छ । सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा सविन सुवेदी र सहिमा श्रेष्ठले स्वर दिनुभएको छ ।
गीत सार्वजनिक भएसँगै दीपक, केकी र सनिशाबीचको सम्भावित प्रेम त्रिकोणले चलचित्रको कथाप्रति दर्शकको उत्सुकता थप बढाएको छ । दीपकको मनमा केकी वा सनिशा भन्ने प्रश्नको जवाफ भने चलचित्र प्रदर्शनपछि मात्रै खुल्नेछ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका