काठमाडौं । चितवन तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता कात्तिक १३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा क्योरुगी र पुम्सेमा गरी जम्मा ६४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रोशन खानले जानकारी दिनुभयो । क्योरुगीमा ५४ र पुम्सेमा १० स्पर्धामा खेल हुनेछ ।
नेपालबाट आयोजकका दुई र सात प्रदेश गरी नौ टिम सहभागी हुने प्रतियोगिता संयोजक प्रज्ज्वल दवाडीले जानकारी दिनुभयो । नेपाली खेलाडीलाई सहभागिता निःशुल्क गरिएको छ भने उनीहरूलाई आयोजकले खाना र बसोबासको व्यवस्था गर्नेछ ।
विदेशी खेलाडीको हकमा दर्ता शुल्क ५० अमेरिकी डलर लाग्नेछ । सोही शुल्कमा आयोजकले उनीहरूको खाना र बसोबासको प्रबन्ध मिलाउनेछ । बागमती सरकारको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । क्योरुगी र पुम्सेमा उत्कृष्ट हुने पुरुष/महिला खेलाडीलाई एक सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई जनही एक सय अमेरिकी डलर नगदबाट पुरस्कृत गरिनेछ ।
तीनदिने प्रतियोगिताका खेलहरू चितवनस्थित स्टार बैंक्युटमा खेलाइनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर २० तारिखसम्म नाम दर्ता गराउनुपर्नेछ ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :