काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम कर्णाली याक्सले कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ । दैलेखबाट हिक्मतबहादुर शाही, रूकुमबाट भुवन भण्डारी र सुर्खेतबाट कैलाश खड्का छनोट हुनुभएको हो । यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यान गरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो ।
सुर्खेतमा २०६ र सल्यानमा १०० भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी भएका थिए । कर्णाली याक्सका कन्सल्टेन्ट प्रशिक्षक राजु बस्न्यातको नेतृत्वमा ट्यालेन्ट हन्ट सम्पन्न भएको हो ।
प्रशिक्षक बस्न्यातले अहिलेसम्मकै धेरै खेलाडीको सहभागिताले उत्साही भएको भन्दै खेलाडीको यो संख्याले कर्णालीमा क्रिकेट क्रेज बढेको संकेत गर्नुभयो । साथै उहाँले अब तीन खेलाडीलाई क्याम्पमा राखिने र क्याम्पपछि एक खेलाडी कर्णाली याक्सका लागि अन्तिम छनोटमा पर्नेछन् ।
ट्यालेन्ट हन्टमा कर्णाली याक्सका खेलाडीहरू विपिन शर्मा, युनुस विक्रम सिंह, दिवान पुन, दीपेन्द्र रावत, सचिन शर्मा र सूर्य तामाङ तथ टिम एनालिष्ट रवि थापाको सहभागिता रहेको थियो ।







कांग्रेस महाधिवेशन : बन्द सत्रमा
जनकपुरधाममा विजयादशमीको रौनक, शक्तिपीठहरूमा भव्य
अनरको ‘तीन चाडको बहार’ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशन :
तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र