काठमाडौं । सरकारले दुई जना सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा र एक जना नायब महालेखापरीक्षकलाई विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले निजामती सेवा तथा लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवा गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ । त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव बुढालाई पनि सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।
यसैगरी, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गरिएको छ ।
बढुवा समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उनीहरूलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सचिवहरूको पदस्थापन भने सम्बन्धित मन्त्रालय तथा निकायमा पछि गरिने सरकारले जनाएको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा