काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने भएको छ।
मतदानलाई व्यवस्थित, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिता जारी गर्दै महाधिवेशनस्थलमा चिटलगायत प्रचार सामग्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ।
बुधबार बसेको बन्द सत्रमा निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै उम्मेदवार तथा प्रचारप्रसारमा खटिएका सबैलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको हो।
यसैबीच, कांग्रेस सभापति गगन थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि प्रभावमा नपरी आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नुभएको छ।
महाधिवेशनस्थल आउँदै गर्दा विभिन्न ठाउँमा ‘गगन थापा समूह’ लेखिएको चिट बाँडिएको आफूले देखेको उहाँले बताउनुभयो।
‘आज यहाँ आउँदै गर्दा मैले देखेँ, साथीहरूले मलाई देखाउनुभएको छ, ठाउँ–ठाउँमा गगन थापा समूह भनेर चिट बाँडिराखेको कहीँ–कहीँ देखियो,’ उहाँले भन्नुभयो, ‘विवेक प्रयोग गर्नुहोस्।’
सभापति थापाले कांग्रेसमा विगतमा रहेका विभिन्न गुट अब समाप्त भएको दाबी गर्नुभयो। उहाँका अनुसार कांग्रेसमा अहिले औपचारिक रूपमा कुनै गुट अस्तित्वमा छैन।
‘कांग्रेसभित्र अब औपचारिक रूपमा गुट छैन। ७४, ३६, देउवा समूह, कोइराला समूह, विशेष, नियमित सबै समूह आजदेखि सकियो,’ उहाँले भन्नुभयो।
१५औँ महाधिवेशनबाट गुटको अन्त्य हुनु महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ थियो। पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सबै पक्षका नेता तथा कार्यकर्ताको भूमिका आवश्यक रहेको उहाँले बताउनुभयो।







एनपिएलको तयारी अन्तिम चरणमा, दर्शकको
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार