काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘पावर बाइ' पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ।
यससम्बन्धी सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ। सम्झौता एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित साझेदारी हो।
यस वर्षको टी–२० क्रिकेटअन्तर्गत आयोजना हुने एनपीएल २०८३ आगामी कात्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ।
नेपालमा क्रिकेट खेलमा मात्र सीमित नरही साझा उत्साह, भावना र राष्ट्रिय एकताको माध्यमका रूपमा विकसित हुँदै गएको भन्दै नेपाल लाइफले एनपीएलको प्रसारणसँग सहकार्य गरेको जनाएको छ। देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको विशेषतासँग आफ्नो ब्रान्डको भावना जोड्दै हिमालय स्पोर्ट्स एचडीमार्फत एनपीएलको प्रसारण यात्रामा सहभागी भएको कम्पनीको भनाइ छ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले एनपीएलजस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिन पाउनु कम्पनीका लागि विशेष महत्वको विषय भएको बताउनुभयो।
उहाँले खेलकुदले मानिसलाई नजिक ल्याउने, साझा खुसी सिर्जना गर्ने र एकताको भावना बलियो बनाउने उल्लेख गर्दै यस सहकार्यलाई नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन, विकास र उत्थानमा सहयोग पुर्याउने प्रतिबद्धताको हिस्साका रूपमा लिइएको बताउनुभयो।
कम्पनीका अनुसार हिमालय स्पोर्ट्स एचडीसँगको सहकार्यले नेपाल लाइफलाई एनपीएल हेर्ने व्यापक दर्शक समुदायसम्म पुग्ने अवसर प्रदान गर्नेछ। साथै, जीवन बीमामार्फत आर्थिक सुरक्षा, विश्वास र जिम्मेवार तयारीको महत्वसम्बन्धी सन्देश दर्शकमाझ पुर्याउने उद्देश्य कम्पनीले राखेको छ।
मैदानमा फरक टोलीबीच प्रतिस्पर्धा भए पनि खेलप्रतिको प्रेमले देशभरका दर्शकलाई एउटै उत्साह र भावनामा जोड्ने भएकाले खेलकुदले समाजमा सकारात्मक ऊर्जा, एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने नेपाल लाइफको विश्वास छ।
कम्पनीले यस्ता प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।







दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१