काठमाडौं । नेपाल एसबिआई बैंकले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम), बिर्तामोड, झापालाई असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्तहरूलाई सहयोग पुर्याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीणमुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख दमयन्ती जोशी र बैंक तथा आश्रमका पदाधिकारीहरूसमेतको उपस्थिति रहेको बैंकले जनाएको छ ।
साथै, बैंकले इटहरी उपमहानगरपालिका-१, धरान रोडमा रहेको बैंकको इटहरी शाखा सोही उपमहानगरपालिकाको ९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरेको छ । त्यसैगरी इलाम नगरपालिका-१ इलाम बजारमा रहेको इलाम शाखा, सोही नगरपालिकाको ७ स्थित इलाम बजारमा स्थानान्तरण गरी दुवै शाखाले नयाँ परिसरबाट सेवा शुभारम्भ गरेका छन् । उक्त शाखा कार्यालयहरूको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले गर्नुभएको थियो ।






एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,
बडादशैँ २०८३ को शुभकामना