विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा देखिएका व्यावहारिक तथा नीतिगत समस्याका सम्बन्धमा उद्योग संगठन मोरङले संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहवर अन्सारीलगायत समितिका सदस्यसमक्ष सुझाव प्रस्तुत गरेको छ ।
समितिसमक्ष उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संगठनतर्फबाट उद्योग तथा व्यवसाय क्षेत्रले भोगिरहेका समस्या, नीतिगत जटिलता तथा तिनको समाधानका सम्बन्धमा विभिन्न १५बुँदे सुझाव प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत सुझावमा हुलाकी राजमार्गको कटहरी–विराटनगर खण्ड लम्बाइ करिब छ किलोमिटरमात्र भए पनि ठेक्का लागेर पनि निर्माण कार्य अघि बढ्न नसक्दा सो क्षेत्रमा उद्योग प्रभावित भएको, बर्जु र केरौनको सबस्टेसन सञ्चालनपछि औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति दिगो र भरपर्दो हुन्छ भनिएकोमा सुक्खायाममा औद्योगिक क्षेत्रमा दैनिक चारदेखि सात घण्टासम्म बिजुली कटौती हुने गरेको उल्लेख छ ।
त्यस्तै सार्वजनिक बिदाका कारण व्यवसाय प्रभावित भएको, नेपालको औद्योगिक इतिहासको जननी जुट उद्योग विराटनगर जुट मिललगायत सातवटा जुट उद्योग बन्द हुने जोखिममा रहेकाले प्रत्यक्ष रूपमा करिब १५ हजारको रोजगारी जोखिममा पर्न गएको, तार उद्योगको निर्यात ४.५० को अन्तःशुल्कले संकटमा परेको बताइएको छ ।
स्वदेशी उत्पादनलाई आफ्नै देशमा दोस्रो दर्जाको उत्पादन बनाइएको, बिजुलीमा मूल्य अभिवृद्धि करले देशको तुलनात्मक लाभलाई बोझ बनाएको साथै लजिस्टिक लागत महँगो भएको, बजारमा उधारो असुलीमा समस्या भएको, ‘सरकारी उद्योग हाम्रो, निजी उद्योग तिम्रो’ भन्ने सरकारको सोच देखिएको भन्दै संगठनले समितिलाई नीतिगत सुझावका लागि ध्यानाकर्षण गराएको छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ