काठमाडौं । सरकारले विपत्का कारण बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न देखिएका कानुनी अवरोध हटाउने तयारी गरेको छ । यसका लागि ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्न देखिएका कानुनी जटिलता हटाउने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो । प्रवक्ता पोखरेलले विभिन्न तीनवटा ऐन संशोधन गर्न बनेका अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि १२ वर्षसम्म बेपत्ता भएको व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकामा विपत्का घटनालाई मध्यनजर गर्दै उक्त अवधि घटाएर ४५ दिन कायम गर्ने व्यवस्था गर्न लागिएको हो । भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले यस्तो कानुनी व्यवस्था गर्न लागेको हो ।
भोटेकोशीको बाढीलगायत हालैका विपत्का घटनाहरूलाई मध्यनजर गर्दै यो संशोधन प्रस्ताव गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो । पत्रकारहरूको जिज्ञासामा उहाँले भन्नुभयो, ‘पहिले बेपत्ता भएको १२ वर्षपछि मात्र मृत घोषणा गर्ने कानुनी प्रावधान थियो । अब त्यसलाई उल्लेख्य रूपमा छोट्याएर लगभग ४५ दिनको हाराहारीमा ल्याउने तयारी गरिएको छ ।’ यो व्यवस्था हालका बाढीपीडितका लागि मात्र लक्षित नभई समग्र विपत् व्यवस्थापनको कानुनी प्रक्रिया सहज बनाउन सबैका लागि लागू हुनेगरी ल्याइएको पनि उहाँले स्पष्ट पार्नुभयो । सरकारको यो निर्णयसँगै प्राकृतिक प्रकोपमा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत, क्षतिपूर्ति तथा कानुनी प्रक्रिया पूरा गर्न लामो समय कुर्नुपर्ने बाध्यता हट्ने छ ।
मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रिय मानव अधिकार आयोगले क्षतिपूर्तिका लागि सिफारिस गरेका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।
बैठकले सहसचिव नवीनराज सिंहलाई नेपाल इञ्जिनियरिङ सेवा, इञ्जिनियरिङतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, सहसचिव चक्रबहादुर बुढालाई नेपाल प्रशासन सेवा, प्रशासनतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।







चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध
तोलामा २ हजार १ सय
प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त
नागरिकको विश्वास नै प्रहरीको वास्तविक