काठमाडौं । भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको गोवामा निधन भएको हो ।
नाना पाटेकरका छोरा मल्हार पाटेकरले आफ्ना पिताको निधन भएको पुष्टि गर्नुभएको छ ।
नाना पाटेकर पछिल्लो समय विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर चलचित्र ‘ओ’रोमियो’मा देखिनुभएको थियो। शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको उक्त चलचित्र फेब्रुअरी २०२६ मा प्रदर्शन भएको थियो । चलचित्रमा उहाँले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँले अनिल कपुर अभिनीत ‘सुबेदार’मा पनि अभिनय गर्नुभएको थियो । उक्त चलचित्र मार्च २०२६ मा प्राइम भिडियोमा प्रिमियर भएको थियो। त्यसअघि उहाँ ‘हाउसफुल–५’ (२०२५) र ‘वनवास’ (२०२४) मा देखिनुभएको थियो ।
नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेतामध्ये एक हुनुहुन्थ्यो। चार दशकभन्दा लामो अभिनय यात्रामा उहाँले ‘परिन्दा’, ‘प्रहार : द फाइनल अट्याक’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गर्नुभएको थियो ।
चलचित्र तथा कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानका लागि भारत सरकारले सन् २०१३ मा उहाँलाई पद्मश्रीबाट सम्मान गरेको थियो ।
नाना पाटेकरले सन् १९७८ मा प्रदर्शन भएको चलचित्र ‘गमन’बाट बलिउडमा प्रवेश गर्नुभएको थियो । विशेषगरी ‘शक्ति : द पावर’ (२००२), ‘अब तक छप्पन’ (२००४), ‘अपहरण’ (२००५) र ‘ट्याक्सी नम्बर ९२११’ (२००६) मा उहाँको अभिनय निकै चर्चित बनेको थियो ।
अभिनय क्षेत्रमा चार दशकभन्दा लामो समय सक्रिय रहनुभएका नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा उहाँको प्रभावशाली कलायात्राको अन्त्य भएको छ ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको