काठमाडौं । दशैँको समयमा यात्रुको चाप बढेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीसाधनमा महिलालाई चालकसँगैको सिटमा टिकट नदिन व्यवसायीलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै महिला यात्रुलाई चालकको पछाडिको सिटमा टिकट उपलब्ध गराउन व्यवसायीलाई अनुरोध गर्नुभएको हो ।
उहाँका अनुसार चालकको छेउमा बस्दा चालकलाई असहज हुने तथा ध्यान विचलित हुन सक्ने गुनासो आउने गरेको छ । यस्तो अवस्थाले लामो दूरीको यात्रामा दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले महिला यात्रुलाई चालकको छेउको सिटमा नराख्न आग्रह गरिएको उहाँले बताउनुभएको छ ।
‘टिकट काट्दा महिला दिदीबहिनीहरूलाई क्याबिनको अगाडिको रोमा टिकट नदिन अनुरोध गर्छु,’ अध्यक्ष सिटौलाले भन्नुभयो, ‘महिला दिदीबहिनीहरूलाई चालकभन्दा पछाडिको रोमा टिकट काट्न विशेष आग्रह गर्छु ।’
दशैँका बेला लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप अत्यधिक हुने भएकाले यातायात सेवा सुरक्षित र व्यवस्थित बनाउन व्यवसायी, चालक तथा यात्रु सबैले सावधानी अपनाउनुपर्ने महासंघको भनाइ छ ।
महासंघले विशेषगरी टिकट काट्ने क्रममा यात्रुको सुरक्षा र सवारी सञ्चालनमा चालकको ध्यानलाई प्राथमिकतामा राख्न व्यवसायीलाई आग्रह गरेको छ।







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ