काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढिरहेका बेला चाँदी भने सस्तिएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको हो । महासंघकाअनुसार बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।
यससँगै बिहीबार बहुमूल्य धातुको बजारमा सुनको मूल्यमा सामान्य वृद्धि र चाँदीको मूल्यमा गिरावट देखिएको छ ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र