उदयपुर । कटारी क्षेत्रमा टिपर सञ्चालनमा लगाइएको रोकको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा टिपर तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् ।
सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालनको विषयलाई लिएर स्थानीयवासी र व्यवसायीबीच विवाद बढेपछि व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीयवासीको विरोधका कारण चुनढुंगा उत्खनन तथा ढुवानी प्रभावित भएपछि आफ्नो व्यवसाय संकटमा परेको व्यवसायीहरूको भनाइ छ । उनीहरूले कानुनी र व्यवस्थित रूपमा टिपर सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।
व्यवसायीहरूले चुनढुंगा ढुवानीमा रोक लगाउन नहुने भन्दै आफूहरूको रोजगारी र लगानीको संरक्षण गर्नसमेत माग गरेका छन् । स्थानीयवासीको विरोध र व्यवसायीको आन्दोलनका कारण कटारी क्षेत्रमा चुनढुंगा ढुवानीको विषय थप विवादित बनेको छ ।







एमालेमाथि घेराबन्दी चालु छ, एकजुट
ग्लोबल आइएमई बैंक दुई विधामा
रौतहटमा ४९ लाखभन्दा बढीकाे ठगी,
गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै