काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पार्टीको केन्द्रीय कार्यालय च्यासल पुग्नुभएकाे छ । हालै एमालेले वरिष्ठ नेता मनोनित गरेपछि उहाँ शपथ लिन तथा स्थायी कमिटी बैठकमा सहभागी हुन बिहीबार पार्टी कार्यालय पुग्नुभएकाे हो ।
एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो पार्टी मुख्यालय च्यासलमा बस्दैछ । बैठकअघि अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराउने कार्यक्रम छ ।
एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनित गरेको थियो । उक्त निर्णयपछि उहाँ ११ वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किनुभएको हो ।
राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्ष रहनुभएकी भण्डारी २०७२ सालमा राष्ट्रपति निर्वाचित भएपछि सक्रिय पार्टी राजनीतिबाट अलग हुनुभएको थियो । दुई कार्यकाल राष्ट्रपति भएर जिम्मेवारी पूरा गरेपछि उहाँ पुनः एमाले राजनीतिमा फर्किनु भएको हो ।
आजको स्थायी कमिटी बैठकमा भण्डारी वरिष्ठ नेताको हैसियतमा सहभागी हुनुहुने छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा, सांगठनिक गतिविधि तथा आगामी स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।




नारायणी नदीमा डुबेर आमा-छोरा बेपत्ता
भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन छ, तर
रानीपोखरीमा पुरुषको शव भेटियो
नेपाल क्लियरिङ हाउसको १५औँ साधारण
सांसद खगेन्द्र सुनार अडियो प्रकरण
देउवा समूहको निर्णय : कांग्रेसका