काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित पार्टी कार्यालयमा जारी छ । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताका रूपमा पहिलोपटक सहभागी हुनुभएको छ ।
एमाले केन्द्रीय कमिटीले स्थायी कमिटीमा पदाधिकारीसहित थप सात जनालाई मनोनीत गरेपछि स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल भइरहेको छ ।
यसैबीच, पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ । बैठकका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
शपथ ग्रहण गरेसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किनुभएको छ । राष्ट्रपति पदमा रहँदा उहाँ दलीय राजनीतिबाट अलग रहनुभएको थियो ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि उहाँको आगामी राजनीतिक भूमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो । एमालेको उच्च तहमा वरिष्ठ नेताको जिम्मेवारी पाएसँगै उहाँ पार्टीको स्थायी कमिटी बैठकमा समेत सहभागी हुनुभएको हो ।
एमाले वरिष्ठ नेता बनेसँगै भण्डारी ११ वर्षपछि पार्टी बैठकमा सहभागी हुनुभएकाे हाे। उहाँ राष्ट्रपति हुनुपूर्व एमालेको उपाध्यक्ष हुनुहुन्थ्याे। दुई कार्यकाल राष्ट्रपति हुनुभएकी भण्डारी त्यसपछि राजनीतिमा सक्रिय हुनुभएकाे हाे ।
भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनलाई एमालेभित्रको आगामी राजनीतिक गतिविधि र शक्ति समीकरणका दृष्टिले समेत चासोका साथ हेरिएको छ ।







पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण सरकारको
करिब १ सय किलो गाँजासहित