बर्दिया । बर्दियामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ पर्नुभएको छ ।
बढैयाताल गाउँपालिका–२ जमुनीबाट प्रहरीले बुधबार राति ४१ वर्षीय रमेश बुढालाई पक्राउ गरेको हो । उहाँ सोही गाउँपालिका–२ का बासिन्दा हुनुहुन्छ ।
प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा बुढाको साथबाट १ ग्राम ६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको जनाएको छ । उहाँको साथबाट नगद १७ हजार रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बुढालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका