काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको रौनक छाएको छ। पार्टी कार्यालय सानेपादेखि महाधिवेशनस्थल खुलामञ्च र राष्ट्रिय सभागृहसम्म नयाँ नेतृत्व र कार्यसमिति चयनको चटारो देखिएको छ।
करिब ७ हजार प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधिका लागि सञ्चालनमा ल्याएको कार्यालय भने सुनसान देखिएको छ।
देउवा पक्षले १५औँ महाधिवेशनको तयारी तथा विभिन्न छलफलका लागि काठमाडौंको चुनदेवीमा सिंगो घर भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गरेको थियो। तर, महाधिवेशनको मुख्य गतिविधि तीव्र भइरहेका बेला उक्त कार्यालयमा भने कुनै चहलपहल देखिँदैन।
देउवा पक्षले असोज २० गतेदेखि पालिका अधिवेशन सुरु गर्ने घोषणा गरेको थियो। तर, अहिलेसम्म अधिकांश जिल्लामा वडा अधिवेशनसमेत सम्पन्न हुन सकेको छैन।
यसबीच सानेपा, खुलामञ्च र राष्ट्रिय सभागृह क्षेत्रमा भने कांग्रेस महाधिवेशनका कारण नेता–कार्यकर्ता तथा प्रतिनिधिको बाक्लो उपस्थिति देखिएको छ।
तस्बिर : सुर्याम्स उप्रेती







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ