काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। पार्टीको तल्लो तहका भेला तथा अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको हो।
पार्टी सचिव महेश बस्नेतका अनुसार बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रूपमा हामी भेला गर्छौं।’
राष्ट्रिय भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्षका साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुने बस्नेतले जानकारी दिनुभयो।
एमालेले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला गर्ने तयारी रहेको बस्नेतले बताउनुभयो।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुनुभएको थियो। उहाँले पार्टीको वरिष्ठ नेताको शपथसमेत लिनुभएको बताइएको छ।
स्थायी कमिटी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने बस्नेतले जानकारी दिनुभयो।







पूर्वप्रधानन्यायाधीश जबराको घरमा पनि सम्पत्ति
नक्सा संशोधनका लागि एक लाख
मन्त्रिपरिषद् बैठक बस्दै
मधेसको शिक्षा सुधारका उपाय खोजेर
लुम्बिनीका ७ प्रतिशतभन्दा बढी बालबालिका
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई दीर्घकालीन निर्णय