काठमाडौं । मलेसियाको क्वालालम्पुरमा बुधबार राति सम्पन्न ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमर चौथो रनर्सअप हुनुभएको छ । मिसेस भोग नेपालकी विजेताका रूपमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी प्राचीले आत्मविश्वास, शालीनता र आकर्षक प्रस्तुतिमार्फत उत्कृष्ट पाँचमा स्थान बनाउन सफल हुनुभएको हो ।
प्रतियोगिताको मुख्य उपाधि भने फिलिपिन्सकी निका लिन्ज ह्यारिसले जित्नुभएको छ । प्रतियोगितामा प्राचीको सफलतालाई नेपाली फेसन तथा सौन्दर्य क्षेत्रका लागि उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट पाँचमा पर्न सफल भएपछि प्राचीलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका