काठमाडौं । फिफाबाट निलम्बन रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बोलाउन ११ सदस्यले लिखित माग गरेका छन् । एन्फा विधानको धारा (३१–२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा आह्वान गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै ११ सदस्यले बैठक बोलाउन माग गरेका हुन् ।
बैठकमा एन्फाको वर्तमान अवस्थाबारे छलफल गरी आवश्यक निर्णय गर्नुपर्ने माग गरिएको छ । साथै, एन्फाको वर्तमान अवस्थाबाट निकासका लागि नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्समक्ष आवश्यक पहल तथा समन्वयका लागि अनुरोध गर्ने एजेण्डा राखिएको छ ।
बैठकका प्रस्तावित एजेण्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, निकासका लागि सम्बन्धित निकायसँग पहल तथा समन्वय, एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दीपेन धिमालको निधनप्रति शोक प्रस्ताव र विविध रहेका छन् ।
बैठक बोलाउन माग गर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा, दीर्घबहादुर केसी (कुमार) तथा सदस्यहरू महेन्द्र क्षेत्री, मनिष जोशी, पेमा डोल्मा लामा, रविन्द्र चन्द, रूपेश अधिकारी, टिकाराम लामा र भरतबहादुर बुढ्थापा रहनुभएको छ । बैठकमा एन्फाको निर्वाचनसम्बन्धी विषय पनि छलफलका लागि प्रस्ताव गरिएको छ । निर्वाचन प्रक्रिया, संस्थाको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे कार्यसमितिमा छलफल आवश्यक रहेको सदस्यहरूको मागबाट देखिन्छ ।







डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि