प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औं महाधिवेशन समापन उन्मुख छ । यद्यपि यसलाई पार्टी संस्थापन पक्षको महाधिवेशनमात्रै मान्ने कांग्रेसीहरू पनि कम संख्यामा छैनन् । तथापि यसमा पार्टीका अधिकांश नेता र कार्यकर्ताहरूको सहभागिता रहेकोमा असहमति व्यक्त गर्ने ठाउँ छैन पार्टी इतर पक्षको महाधिवेशन मंसिर महिनाको अन्तिम सातातिर हुनगइरहेको छ । साढे सात हजार महाधिवेशन प्रतिनिधिको सहभागितामा भएको महाधिवेशनले पार्टी कार्यकर्ताहरूमा कति बढी ऊर्जा र उत्साहको सञ्चार गर्न सक्ला, त्यसको परिणामतः स्थानीय चुनावले नै देखाउला तर महाधिवेशनमा पद नपाएका अथवा पराजित नेताहरू इतर पक्षतिर नलाग्लान् भन्ने यकिन साथ भन्न सकिँदैन । संस्थापन पक्षको महाधिवेशनमा सहभागी हुन आएका कतिपय महाधिवेशन प्रतिनिधिहरूले पार्टीको इतर पक्षका नेताहरूसित पनि भेटघाट गरेका छन् ।
नेपाली कांग्रेस गतिशील हुनुपर्छ । पार्टीलाई अब्बल बनाउन धेरै परिश्रम गर्नुपर्नेछ । अहिले पनि देशमा रास्वपाको लोकप्रियता कायमै छ । विगत ६,७ महिनामा रास्वपा सरकारको कमिकमजोरीलाई औंल्याउनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असफल सावित भएको छ । बरू नेपाली कांग्रेसभित्रको अन्तरकलहका कारण यो पार्टी जनतामा बढी चर्चित रह्यो ।
कम विश्वास तर बढी उत्साहमा सम्पन्न यस महाधिवेशनको सन्देशलाई संक्षिप्तमा भन्नु पर्दा यसले सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीको कमीकमजोरीलाई औल्याउनुभन्दा आफ्नै पार्टीका पुराना नेताहरूको कमीकमजोरी, असफलता र भष्ट्राचारप्रतिको उदासीनतामाथि बढी प्रहार गरे । पार्टीको महाधिवेशनमा विपक्षी दलहरूको ठाउँमा आफ्नै पार्टी र नेताहरूको बढी आलोचना हुन्छ भने त्यो संगठन ऊर्जावान् हुन सक्दैन । महाधिवेशनको बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलले आ-आफ्नो संकल्प प्रस्ताव प्रस्तुत गरे । पार्टी सभापति थापाले कांग्रेसलाई अब्बल गतिशील र आधुनिक बनाउने घोषणा गरेका छन् । एकातिर स्वर्गीय बीपीको विचारलाई आत्मसाथ गर्ने कुरा पनि गरिन्छ भने अर्कोमा पार्टीलाई आधुनिक बनाउने कुरा पनि गरिन्छ । एउटा राजनीतिक संगठन अथवा कुनै पनि संगठन गतिशील भएन भने त्यसको असमायिक निधन हुन्छ ।
तसर्थ नेपाली कांग्रेस गतिशील हुनुपर्छ । पार्टीलाई अब्बल बनाउन धेरै परिश्रम गर्नुपर्नेछ । अहिले पनि देशमा रास्वपाको लोकप्रियता कायमै छ । विगत ६–७ महिनामा रास्वपा सरकारको कमिकमजोरीलाई औंल्याउनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असफल सावित भएको छ । बरू नेपाली कांग्रेसभित्रको अन्तरकलहका कारण यो पार्टी जनतामा बढी चर्चित रह्यो । जे होस् पार्टी यदि आफूलाई पुरानै अवस्थामा फर्काउन र जनताको विश्वास जित्न चाहन्छ भने त्यो नराम्रो होइन महाधिवेशनलाई कांग्रेसीहरूले उपलब्धिको रूपमा ग्रहण गर्न सक्दछन् । पार्टी सभापति गगनकुमार थापाले १५औं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विगतको आत्मसमीक्षासँगै आगामी चार वर्षको राजनीतिक वैचारिक र सांगठानिक दिशालाई अघि सारेका छन् । राष्ट्रिय पुनर्जागरण तथा सम्मुनति शीर्षकको उनको राजनीतिक प्रतिवेदनमा समावेश देशको राष्ट्रिय राजनीतिका अधिकांश विषयलाई समेटिएको छ ।
पार्टीसभापति गगन थापाको राजनीतिक प्रस्तावमा, कांग्रेसलाई चुनाव जित्ने राजनीतिक संगठनमा मात्र सिमित नराखी नागरिकको दैनिक जीवनसँग जोडिएको राष्ट्रिय शक्तिका रूपमा पुनर्निर्माण गर्ने अवधारणा अघि सारिएको छ । देशमा प्रजातन्त्रको स्थापना, बहुदलीय व्यवस्थाको पुनर्स्थापना, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधानको निर्माण तथा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा यसले खेलेको नेतृत्वदायी भूमिकाको समीक्षा र उपलब्धिको चर्चासँगै पार्टीबाट भएका कमीकमजोरीलाई पनि राजनीतिक प्रतिवेदनमा स्वीकार गरिएको छ । खासगरीकन विसं २०६२/०६३ को जनआन्दोलनको सफलतापश्चात् प्राप्त राजनीतिक उपलब्धिहरू संविधानमा संस्थागत भए पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको कुरा प्रतिवेदनमा उल्लेख छ ।
चुनावका बेला गठबन्धन र टिकट वितरणमा केन्द्रित हुने तर अध्ययन, नीतिनिर्माण र सामाजिक कामलाई पर्याप्त प्राथमिकता नदिने प्रवृत्तिले पार्टीको सार्वजनिक विश्वास कमजोर बनाएको कुरालाई स्वीकार गरिएको छ । राष्ट्रियतालाई नेपालको संविधानतः र जनताको सामूहिक शासनसँगै लोकतन्त्रलाई सावर्जनिक शक्तिमाथि नागरिकको स्वामित्वसँगै तथा समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै सामाजिक, आर्थिक र मानवीय स्वतन्त्रताको आधारसँग जोडिएको छ ।
फरक विचार व्यक्त गर्ने व्यक्ति एक भए त ठीक छ तर गुट कथंकदाचित पार्टी नेतृत्वको कार्यशैली अथवा निर्णयको विरोधमा फरक मत राख्नेहरूको समय बढ्दै गयो भने त्यो त स्वतः नै गुट भइहाल्छ । अप्रत्यक्ष रूपमा फरक मतलाई नै स्वीकार नगरिने चेतावनीसरह यसलाई बुझ्नुपर्ने हुन्छ ।
नागरिकलाई मतदातामात्र नभई अधिकारधारी करदाता, सेवाग्राही, उत्पादक, श्रमिक, उद्यमी, समुदायको सदस्य र सार्वजनिक निर्णयको सहलेखकका रूपमा स्थापित गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ । स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चारजगत (प्रेस स्वतन्त्रता) र सार्वजनिक निगरानीमार्फत् राज्यशक्तिको निरन्तर परीक्षण हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । आर्थिक वृद्धि, रोजगार, शिक्षा तथा स्वास्थ्य वातावरण निर्माण आदि विषयलाई पनि प्राथमिकतामा राखेको छ । त्यसबाहेक जलवायु परिवर्तन, विपद् व्यवस्थापन, भूराजनीतिक प्रतिस्पर्धा, उर्जा, खाद्य, वित्त र प्रविधि जस्ता विषयलाई समेटिएको छ । समावेशितालाई प्रतिनिधित्वमा मात्र सीमित नगरी निर्णय प्रक्रियामा प्रभाव र अवसरमा समान पहुँचका रूपमा विकास गर्ने प्रक्रिया उल्लेख छ ।
चुनावअघि गठबन्धन नगर्ने विषयलाई पार्टीले बलियो रूपमा उठाएको छ । नेपाली कांग्रेसका नेताकार्यकर्ता र समर्थकहरू चुनावी गठबन्धनका कारण आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्न नपाइरहेका कारण तिनको मनमा देखिएको पीडा र गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले पार्टी अब चुनावअघि गठबन्धन बनाएर नजाने निष्कर्षमा पुगेको छ । बामदलहरूसँगका सहकार्य र समस्याका कारण यस पार्टीलाई अरू वामपन्थीहरूको रूपमा संज्ञा दिनेहरूको संख्या पनि देशमा धेरै छन् । कांग्रेसले महाधिवेशनमार्फत् आफूले गर्ने १५ वटा काम र आफूले नगर्ने १५ वटा काम व्यक्तिकेन्द्रित राजनीति नगर्ने तथा फरक विचार आत्मसात गर्ने तर गुट स्वीकार नगर्ने पनि उल्लेख गरेको छ ।
फरक विचार व्यक्त गर्ने व्यक्ति एक भए त ठीक छ तर गुट कथंकदाचित पार्टी नेतृत्वको कार्यशैली अथवा निर्णयको विरोधमा फरक मत राख्नेहरूको समय बढ्दै गयो भने त्यो त स्वतः नै गुट भइहाल्छ । अप्रत्यक्ष रूपमा फरक मतलाई नै स्वीकार नगरिने चेतावनी सरह यसलाई बुझ्नुपर्ने हुन्छ । कुनै पद नदोहोर्याउने विचार र सिद्धान्तलाई प्रतिकूल अवसर अनुसार नबदल्ने पहुँच र प्रभावका आधारमा उम्मेद्वारीलाई प्राथमिकता नदिने पनि संकल्पमा उल्लेख गरिएको छ । संकल्पमा, पार्टी नेतृत्व, सदस्य र समितिका अपारदर्शिता स्वीकार नगर्ने पनि भनिएको छ । जनादेशलाई अहंकारमा बदल्ने दुष्प्रयास नगर्ने, चुनावी घोषणापत्रलाई ऋण लिएर बिसर्ने तमसुकमा सिमित नगर्ने संकल्प पनि लिएको छ ।
कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विकृतिलाई स्वीकार नगर्ने र सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने पनि उल्लेख छ । योग्य युवालाई नेतृत्व दिन कञ्जुस्याइँ नगर्ने समावेशिताको प्रक्रियामा एउटै अनुहारलाई दोहोर्याउन नदिने, योगदानलाई मात्रै योग्यताको आधार नबनाउने र स्वार्थलाई संस्थाबीच र लोकतान्त्रिक मूल्यमान्यतामाथि नराख्ने संकल्प पनि पार्टीको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको कम र युगानुकूल रूपान्तरणको अभिभार’ शीर्षकको प्रतिवेदनमा कांग्रेस सुधारका कार्य उल्लेख गरिएका विभिन्न संकल्प र प्रतिबद्धताहरूमा अन्य धेरै कुरा उल्लेख छन् ।
व्यक्तिको दोष संस्थालाई नबोकाउने इतिहासको सम्मान गर्दै विपक्षीको विचार र उनले स्थापित गरेको पार्टीलाई पछिल्लो पुस्ताको काँध र मस्तिष्कमा भरोसायोग्य ढंगले स्थापित गर्ने उल्लेख छ । पार्टीले व्यक्तिकेन्द्रित राजनीतिलाई महत्व नदिने अत्यधिक निर्वाचनखर्च रोक्न आवश्यक कानुनी र व्यावहारिक पहल गर्ने कुरा पनि संकल्पमा उल्लेख छ । पार्टीको संगठनात्मक ढाँचालाई निकै फराकिलो बनाइएको छ । पार्टीको संगठानात्मक ढाँचा व्यापक हुँदा कोरमको अभाव देखाई प्राय दुई-तीन मुख्य नेताहरूले नै प्रमुख निर्णय लिने गरेर पछि केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराउने गरिन्छ । लोकतान्त्रिक पार्टीमा नेताहरू बढी तानाशाह हुनेभएकाले नेपाली कांग्रेसको महाधिवेशन प्रस्तुत संकल्प प्रस्तावको एक चौथाइ पनि कार्यान्वयनमा आउन सक्यो भने पार्टीमा नवीन ऊर्जाको सञ्चार हुनेछ ।







कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८