हेटौँडा । लागूऔषध सेवन गरी सवारी साधन चलाएको आरोपमा मकवानपुर प्रहरीले पाँच जना चालकलाई भीमफेदीबाट पक्राउ गरेको छ ।
हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भीमफेदीअगाडिको चेकपोस्टमा बिहीबार गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनीहरू लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ६४ वटा सवारी साधनका चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पाँच जना चालकले लागूऔषध सेवन गरेको पाइएको हो ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय राजु चौधरी, बाराको निजगढ नगरपालिका–३ का २३ वर्षीय विनोद राउत, करैयामाई गाउँपालिका–८ का २४ वर्षीय सुनिल यादव, सिम्रौनगढ नगरपालिका–६ का २७ वर्षीय विशाल साह र रौतहटको गुजरा नगरपालिका–१ का २५ वर्षीय निरे चौधरी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू विभिन्न नम्बरका योद्धा पिकअप तथा सुमोका चालक हुन् ।
पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि प्रहरीले चालकको स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँचलाई तीव्रता दिएको जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भीमफेदी र भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त टोलीले चालकहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।
पक्राउ परेका चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा