म्याग्दी । यही असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षाका कारण भएको बाढीपहिरो र नदी कटानका कारण म्याग्दीका विभिन्न गाउँहरुबाट विस्थापित भएकालाई राहतको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ३ लाख ३८ हजार २ सय ८६ रुपैयाँ सहयोग गरेको छ ।
मोना अन्तराष्ट्र्रिय कार्यकारी समितिले जिल्ला प्रशासनमार्फत म्याग्दीका बाढीपहिरो प्रभावित तथा विपद्जन्य गतिविधिमा सघाउने गरी उक्त सहयोग मोना दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष गणेश बोगटीले सचिवालयका प्रमुख सुनिल सुबेदीलाई हस्तान्तरण गरेका छन् ।
मोना दक्षिण कोरियाका उपाध्यक्ष बोगटीले म्याग्दी जिल्लामा विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोना आइसीमार्फत सहयोग गरिएको बताउनुभयो ।
उक्त सहयोगबाट जिल्ला प्रशासन कार्यालय, म्याग्दीसँग आवश्यक समन्वय गरी तत्कालको आवश्यकतालाई प्राथमिकतामा राख्दै लत्ताकपडा, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्रीसहित बिपद्जन्य कार्यमा खर्च हुने छ ।
‘प्राकृतिक विपत्तीमा परेकालाई प्रवासीले सहयोगले केही राहत हुने अपेक्षा गरेका छौ,आगामी दिनमा पनि सक्ने सहयोगमा सहकार्य गर्नेछौ’अध्यक्ष अध्यक्ष दिनेश कार्कीले भन्नुभयो । अध्यक्ष कार्कीले मोनामार्फत बाढीपहिरो प्रभावित क्षेत्रमा आकस्मिक सहयोगले राहत मिलेको विश्वास ब्यक्त गर्नुभयो ।
मोनाले संकलित सम्पूर्ण सहयोग रकम तथा राहत सामग्री जिल्ला प्रशासन कार्यालय, म्याग्दी तथा सम्बन्धित स्थानीय निकायसँगको समन्वयमा वास्तविक पीडित तथा प्रभावित परिवारसम्म पारदर्शी र प्रभावकारी रूपमा पुर्याउने तथा सहयोगको विवरण सम्बन्धित सबै पक्षलाई जानकारी गराउने महासचिव सुवास राम्जालीले जानकारी दिनुभयो ।







पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण