काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठबाट ठूलो परिमाणमा सुन बरामद गरेको हो ।
सुन बरामद गर्ने क्रममा केही व्यक्तिसमेत पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरूको संख्या र परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार घटनाबारे थप विवरण शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ । पक्राउ परेका व्यक्तिको संलग्नता तथा बरामद सुनको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट