काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसमेतका प्रतिवादीविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।
सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा पोखरेलसमेतका प्रतिवादीविरुद्ध अख्तियारले ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आरोप लगाइएको थियो। साथै, सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा संशोधनसहितको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको थियो।
यस्तै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा समेत कैद तथा जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।
तर, विशेष अदालत काठमाडौंले २०८३ वैशाख ७ गते उक्त मुद्दामा आंशिक सफाइ दिएको थियो।
विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले उक्त फैसलाविरुद्ध २०८३ असोज २२ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतको फैसलामा आंशिक सफाइ दिइएको विषयमा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो।





आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड