काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले नेपाल निर्माण व्यवसायी महासंघको वर्तमान कार्यसमितिले छोटो अवधिमै मुलुकभरका तमाम निर्माण व्यवसायीको दीर्घकालीन समस्या समाधानमा महत्त्वपूर्ण कार्यहरू गरेको भन्दै महासंघ कार्यसमितिलाई बधाइ दिएको छ छ । परिषद्का अध्यक्ष बलिभद्र राना नेतृत्वको प्रतिनिधिमण्डलले महासंघ अध्यक्ष निकोलस पाण्डेलाई उहाँकै कार्यकक्षमा भेटी हार्दिक बधाईसहित सम्मान व्यक्त गरेको हो । पाण्डे नेतृत्वको कार्यसमितिले पूर्वाधार क्षेत्रको समग्र सुधारका लागि देखाएको सक्रियता, दृढ इच्छाशक्ति, समन्वयकारी भूमिका तथा परिणाममुखी कार्यसम्पादनप्रति परिषद्तर्फबाट बधाईसहित सम्मान व्यक्त गरिएको परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार करिब दुई दशकअघिदेखि निर्माण व्यवसायीले उठाउँदै आएका सार्वजनिक खरिद ऐन, २०८३ संशोधनका विषयलाई निर्णायक रूपमा अघि बढाई व्यवसायीका दीर्घकालीन मागलाई कानुनी रूपमा सम्बोधन गराउन महासंघको वर्तमान कार्यसमितिको अहं भूमिका रहेको छ । निर्माण व्यवसायीको मुख्य एजेण्डाका रूपमा रहेको सार्वजनिक खरिद प्रणालीमा औसतदर प्रणाली लागू गराउनु पनि वर्तमान कार्यसमितिको महत्त्वपूर्ण उपलब्धि भएको परिषद्को निचोड छ । महासंघको वर्तमान कार्यसमितिकै पहलमा व्यवसायी अनुकूल हुने गरी सार्वजनिक खरिद नियमावलीको १५औँ तथा १६औंँ संशोधन आएको तथा नेपाल राष्ट्र बैंकबाट व्यवसायीमैत्री मौद्रिक नीति जारी भएको परिषद्ले जनाएको छ ।
सार्वजनिक उत्तरदायित्वबोध गर्दै सामाजिक कार्यमा समेत अर्थपूर्ण सहभागिता जनाइरहेको महासंघ कार्यसमितिले स्वदेशी तथा विदेशी मञ्चहरूमा मुलुकको पूर्वाधारका एजेण्डालाई जोडदार रूपमा प्रस्तुत गरेको परिषद्को भनाइ छ । लामो समयदेखि विविध प्राविधिक तथा कानुनी समस्या भेल्दै आएका व्यवसायीलाई सम्बन्धित प्रदेशमै समस्या समाधान गर्ने हेतुले सबै प्रदेशमा प्राविधिक तथा कानुनी शाखा स्थापना गर्नु महासंघ वर्तमान कार्यसमितिको अर्को महत्त्वपूर्ण उपलब्धि भएको परिषद्का अध्यक्ष रानाले बताउनुभयो । गत चैतमा सम्पन्न १३औँ अधिवेशनबाट निकोलस पाण्डेको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका